Skip to main content

काम पाइने लोभमा कोही पनि दक्षिण अफ्रिका नआऊ : दूतावास



मंसिर २, २०७४-मानव तस्करहरुले दक्षिण अफ्रिकामा समेत सहज काम र राम्रो पारिश्रमिकको लोभमा नेपाली ल्याउने गरेका छन् । अन्य अफ्रिकी मुलुकमा नेपाली महिलाहरुलाई लगेर डान्सबारमा जबर्जस्ती काममा होम्दै आएका दलालहरु यतिबेला दक्षिण अफ्रिकामा नेपाली ल्याउन लागिपरेका छन् । उनीहरूले राम्रो काम र पारिश्रमिकको लोभ देखाएर नेपालीलाई ल्याएर अलपत्र पार्ने गरेका छन ।
दक्षिण अफ्रिका स्थित नेपाली दूतावासले नेपालीहरुलाई दक्षिण अफ्रिका कुनै सभा सेमिनार र अध्ययन बाहेक अन्यमा नआउन आग्रह गर्दै आएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट अफ्रिका उडानमा आउनेलाई अध्यागमनले बुझेरमात्र पठाउने जस्ता कार्य भए पनि नेपालबाट दक्षिण अफ्रिका मानव तस्करी कम हुन सकेको छैन् । मासिक छ जना भन्दा बढि नेपाली ठगिएको उदाहरण दुतावासमा आइपुगेको हुन्छ । दूतावासमा आइनपुगेका पनि कैयन हुनसक्ने दूतावासले जनाएको छ ।
दिल्ली, मुम्बई र थाइल्याण्ड भएरआउने गरेको पनि उल्लेख छ । उनीहरु अन्य मुलुक भएर यता आइपुगेकोले पनि कसरी नियन्त्रण गर्ने भन्नेमा दुतावास आफै अन्यौलमा छ । दूतावास स्थापना पछि अधिकांश काम यही नियन्त्रणमा वितेको अनुभव दूतवाास अधिकारीहरुको छ । ‘दक्षिण अफ्रिका सरकारले विदेशी कामदारलाई वर्क परमिट दिंदैन । तर पनि नेपालीहरु आइरहेका छन,’ दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृत राईले कान्तिपुरसँग भने, ‘यहाँ निकै स्किल कामदारको खोजी पहिलो हुन्थ्यो । अहिले त्यो पनि खोजी हुदैन । ३० प्रतिशत बेरोजगार यही छ ।
सन २००० अघि राम्रा डक्टर, इन्जिनियर, प्राध्यापकहरुको खोजी हुन्थ्यो । अहिले त्यो पनि बन्द छ । त्यो समयमा समेत सामान्य श्रमिकको खोजि हुदैन थियो । सामान्य कामदारलाई यहाँ बैधानिक रुपमा काम गर्न छुट समेत छैन ।’
निकै धेरै अपराध र ठगि हुने यो मुलुकमा नेपालीहरु लामो समय देखि ठगिदै आएका छन् । यहाको सरकारले मानव तस्करमा सम्लग्न नेपाली तथा अन्यमुलुकका नागरिकलाई समेत कारबाही नगरेको अवस्था सुनाउदै राईले भने, ‘नेपाली यहाँ किन आउछन । हामी आफै जिल्ला पर्ने गरेका छौं । के सपना देखाएर ल्याउछन भन्नेमा हामी सोच्ने गरेका छौ ।’ उनीहरुले आफ्नो पैसा मानव तस्करलाई बुझाएर आउछन र आफुसंग भएको पैसा दक्षिण अफ्रिका आएर पनि लुटाउछन । बेखर्ची भएर दुतावासमा आइपुग्छन ।
दूतावासमा नै काम गर्ने श्याम राई पनि यसको उदाहरण हुन । उनले आरम्भमा पाँच लाख बुझाएर दक्षिण अफ्रिका आए त्यसपछि उनले आफूलाई खर्चको रुपमा राखेको पैसा अरु तीन लाख पनि यहाँ लुटाउन बाध्य भए र ज्यान बचाएर स्वदेश फर्किए । नेपालमा खेति किसानी गरेर बसे । उनको कथा सुनेर राजदुतले आफ्नो सहयोगीको रुपमा उनलाई ल्याएर दूतावासमा काम दिए । उनी अहिले दूतावासमा काम गर्ने र राजदूतको गाडि चलाउने काम गर्छन तर ७ बर्ष अघिको पिडा स्मरण पनि उत्तिकै गर्छन ।
श्याम जस्ता लाखौ रुपैंया बुझाएर बेखर्ची भएर ज्यान जोगाएर फर्केको उदाहरण धेरै छन । जानकारीमा नै नआएको कति होलान एकिन छैन । दूतावासमा महिनामा छ,सात जना ठगिएका नेपाली बाहिर आएर लडिरहेका हुन्छन् । कसैलाई मानव तस्करको समुहले त्याहाँ ल्याएर छोडेका हुन्छन भने कतिपय दूतावास छ भन्ने थाहा पाएर खोज्दै आएका हुन्छन । दुई साता अघिमात्र दुई नेपाली महिलालाई काठमाडौं फर्काएको दूतावासले जनाएको छ । यहा आउनेलाई घर परिवारसंग सम्पर्क गराएर उनीहरुसंग टिकट मगाएरु फर्काउने गरेको राजदूत राईले बताए । यहाँ आउन असहज भए पनि जान त्यती असहज छैन । कोहीको भिसा छैन भने पनि ट्राभल डकुमेन्ट उपलब्ध छ वा कुनै परिचयपत्र छ भने नेपाल फर्काइदिने गर्छन् । पछिल्लो समय नेपाली केन्या आउने र त्यहाँबाट भूमार्ग हुदै दक्षिण अफ्रिका छिर्ने गर्छन ।
खासगरि उनीहरु अनआराईभल भिसा दिने अफ्रिकी मुलुकमा पुग्ने र दक्षिण अफ्रिकाआउने गर्छन । यसरी आउदा उनीहरुको आफ्नो सबै रकम गुमिसकेको हुन्छ । कतै ठगहरुले, कतै यहाकै प्रहरीले लुट्छन । निकै धेरै ठगि र हत्या हुने यो मुलुकमा किन नेपाली आइरहेका छन बुझ्न कठिन रहेको भन्दै नेपाली पठाउन खासगरि शिक्षा क्षेत्रमा काम गर्ने भनेर खुलेका कन्सलटेन्सीहरु नै बढि सक्रिय देखिएको आउनेहरुले सुनाएका दूतावास अधिकारीले बताए । थाहा नै नभएको समुहले पनि यसरी नेपालीलाई यहाँ ल्याउने गरेका छन ।
राजदूत राईका अनुसार दक्षिण अफ्रिकामा यति नै नेपाली छन भन्ने एकिन त छैन । तर, यहाँ ८ सय भन्दा बढि नेपाली रहेको अनुमान छ । त्यसमा बैध रहेका नेपाली आधा पनि छैनन् । केही नेपाली यहाँ आफ्नो ब्यवसाय गरेर बसेका छन । २३ चिकित्सक यहाको सरकारी निकायमा काम गरेर बसेका छन । चार प्राध्यापक दूतावासको सम्पर्कमा छन । उनीहरुको परिवार सहित चार सय नेपाली यहा रहेको हुनुपर्छ । अन्य सबै अवैध रहेको उनले बताए ।
‘नेपालीहरु अवैध रुपमा चिनियाँ स्टोर (पसल) मा काम गरिरहेका छन् । उनीहरुले यहाँको कामदारलाई खासै पत्याउन नसक्ने हुनाले उनीहरुले दक्षिण एसियाली कामदार खोजेका हुन्छन । तर, यहाँ वैध नहुने हुनाले उनीहरुले सहज काम लगाउन पाउदैन,’ राजदूतले भने, ‘हामीले यसमा पहल गर्न पनि सक्दैनौ । किनकी यो यहाँको सरकारको नियम नै हो ।’
यहाँ ठगिएका नेपालीको रकम उठाउन समेत असहज छ किनकी यहाको सरकारको लागि यस्तो ठगी सायद सामान्य झैलाग्ने भएकोले हुनसक्ने उनले बताए । अफ्रिकि महादेशमा काम गर्न नेपाली नआउन हामी नेपालीलाई अपिल गर्छौ, राजदूतले भने । पढ्नै को लागि पनि यहाँ सहज नभएको उनले बताउदै भने, ‘विश्व विद्यालय राम्रा छन । तर बाहिर घुम्न पर्छ । बाहिर निस्कनु भनेको लुटिनु नै हो ।’

Comments

Popular posts from this blog

चुनावी सुरक्षामा प्रश्न

मंसिर २, २०७४-उम्मेदवार लक्षित विस्फोटका घटनाले शुक्रबार पनि निरन्तरता पायो । शुक्रबार मात्रै बिहान साढे १० र पौने १२ बजे दुई फरक–फरक स्थानमा बम विस्फोटका घटना भए । नुवाकोटमा कांग्रेसका नेता रामशरण महतको प्रचारमा खटिएका कार्यकर्ता चढेको गाडी माइन विस्फोटनमा पर्‍यो । ६ जना घाइते भए । रोल्पामा वाम गठबन्धनका उम्मेदवारहरू कृष्णबहादुर महरा र वर्षमान पुन चढेको गाडी लक्षित गरेर बम आक्रमण भयो । गृह मन्त्रालयका अनुसार उम्मेदवार लक्षित विस्फोटका घटनाको संख्या आठ पुगिसकेको छ । निर्वाचन बहिष्कार गर्दै आएको विप्लव समूहको नेकपाले एकपछि अर्को गर्दै विस्फोट गराइरहेको भए पनि सुरक्षा संयन्त्रले त्यसलाई रोक्न कुनै प्रभावकारी कदम चाल्न सकेको छैन । स्रोतका अनुसार गृहले २५ कात्तिकमै सुरक्षा संयन्त्रको बैठक डाकेर विप्लव समूहको नेकपाका केन्द्रीय नेताहरू र जिल्लास्तरीय नेतामाथि निगरानी बढाउने निष्कर्ष निकालेको थियो । त्यसयता विस्फोटका घटनामा झन् वृद्धि भएको छ । अघिल्लो साता पोखरामा भएको पश्चिमाञ्चलस्तरीय सुरक्षा गोष्ठीमा विप्लव समूहको नेकपाबाट चुनावी सुरक्षामा खासै खतरा नहुने आकलन गरी निगरानी मात्रै बढाउने निष...

सुरक्षा व्यवस्था 'चुस्त' भएको सरकारको दाबी, हिजाे मात्रै विभिन्न स्थानबाट ३२ जना पक्राउ

मंसिर ८, २०७४-चुनाव नजिकिँदै गर्दा निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा प्रहरीले विभिन्न जिल्लाबाट ३२ जनालाई पक्राउ गरेको छ । पाँचथरमा १४, सल्यानमा ६, मकवानपुरमा ५, नुवाकोटबाट १ र धादिङमा ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । धादिङमा पक्राउ परेका ५ जना युथ फोर्सका कार्यकर्ता रहेको र बाँकी सबै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता भएको प्रहरीको दाबी छ । पाँचथरमा निर्वाचनमा अवरोध पुर्‍याउन सक्ने आशंकामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १४ जना कार्यकर्ता पक्राउ परेका छन् । उनीहरूलाई निर्वाचन अवधिभर हिरासतमा राखेर अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । प्रहरीको गतिविधिमाथि अवरोध पुर्‍याएकाले उनीहरू पक्राउ परेको प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए । उनका अनुसार पाँचथरको फाल्गुनन्द गाउँपालिका–२ पौवासार्तापका एलिया नेम्वाङ, वडा ३ का संग्राम राई, इच्छाबहादुर राई, विशाल राई, वडा नं. ५ चिलिङदिनका जितबहादुर चेम्जोङ, मौसम थाम्सुहाङ, फाक्फोकथुम गाउँपालिका–१ इलामका रूपनारायण अधिकारी, हिलिहाङ गाउँपालिका–२ अमरपुरका डिल्लीराम कटुवाल, वडा ५ का ...

काम पाइने लोभमा कोही पनि दक्षिण अफ्रिका नआऊ : दूतावास

मंसिर २, २०७४-मानव तस्करहरुले दक्षिण अफ्रिकामा समेत सहज काम र राम्रो पारिश्रमिकको लोभमा नेपाली ल्याउने गरेका छन् । अन्य अफ्रिकी मुलुकमा नेपाली महिलाहरुलाई लगेर डान्सबारमा जबर्जस्ती काममा होम्दै आएका दलालहरु यतिबेला दक्षिण अफ्रिकामा नेपाली ल्याउन लागिपरेका छन् । उनीहरूले राम्रो काम र पारिश्रमिकको लोभ देखाएर नेपालीलाई ल्याएर अलपत्र पार्ने गरेका छन । दक्षिण अफ्रिका स्थित नेपाली दूतावासले नेपालीहरुलाई दक्षिण अफ्रिका कुनै सभा सेमिनार र अध्ययन बाहेक अन्यमा नआउन आग्रह गर्दै आएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट अफ्रिका उडानमा आउनेलाई अध्यागमनले बुझेरमात्र पठाउने जस्ता कार्य भए पनि नेपालबाट दक्षिण अफ्रिका मानव तस्करी कम हुन सकेको छैन् । मासिक छ जना भन्दा बढि नेपाली ठगिएको उदाहरण दुतावासमा आइपुगेको हुन्छ । दूतावासमा आइनपुगेका पनि कैयन हुनसक्ने दूतावासले जनाएको छ । दिल्ली, मुम्बई र थाइल्याण्ड भएरआउने गरेको पनि उल्लेख छ । उनीहरु अन्य मुलुक भएर यता आइपुगेकोले पनि कसरी नियन्त्रण गर्ने भन्नेमा दुतावास आफै अन्यौलमा छ । दूतावास स्थापना पछि अधिकांश काम यही नियन्त्रणमा वितेको अनुभव दूतवाास अधिका...