Skip to main content

Posts

काम पाइने लोभमा कोही पनि दक्षिण अफ्रिका नआऊ : दूतावास

मंसिर २, २०७४-मानव तस्करहरुले दक्षिण अफ्रिकामा समेत सहज काम र राम्रो पारिश्रमिकको लोभमा नेपाली ल्याउने गरेका छन् । अन्य अफ्रिकी मुलुकमा नेपाली महिलाहरुलाई लगेर डान्सबारमा जबर्जस्ती काममा होम्दै आएका दलालहरु यतिबेला दक्षिण अफ्रिकामा नेपाली ल्याउन लागिपरेका छन् । उनीहरूले राम्रो काम र पारिश्रमिकको लोभ देखाएर नेपालीलाई ल्याएर अलपत्र पार्ने गरेका छन । दक्षिण अफ्रिका स्थित नेपाली दूतावासले नेपालीहरुलाई दक्षिण अफ्रिका कुनै सभा सेमिनार र अध्ययन बाहेक अन्यमा नआउन आग्रह गर्दै आएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट अफ्रिका उडानमा आउनेलाई अध्यागमनले बुझेरमात्र पठाउने जस्ता कार्य भए पनि नेपालबाट दक्षिण अफ्रिका मानव तस्करी कम हुन सकेको छैन् । मासिक छ जना भन्दा बढि नेपाली ठगिएको उदाहरण दुतावासमा आइपुगेको हुन्छ । दूतावासमा आइनपुगेका पनि कैयन हुनसक्ने दूतावासले जनाएको छ । दिल्ली, मुम्बई र थाइल्याण्ड भएरआउने गरेको पनि उल्लेख छ । उनीहरु अन्य मुलुक भएर यता आइपुगेकोले पनि कसरी नियन्त्रण गर्ने भन्नेमा दुतावास आफै अन्यौलमा छ । दूतावास स्थापना पछि अधिकांश काम यही नियन्त्रणमा वितेको अनुभव दूतवाास अधि...
Recent posts

सुरक्षा व्यवस्था 'चुस्त' भएको सरकारको दाबी, हिजाे मात्रै विभिन्न स्थानबाट ३२ जना पक्राउ

मंसिर ८, २०७४-चुनाव नजिकिँदै गर्दा निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा प्रहरीले विभिन्न जिल्लाबाट ३२ जनालाई पक्राउ गरेको छ । पाँचथरमा १४, सल्यानमा ६, मकवानपुरमा ५, नुवाकोटबाट १ र धादिङमा ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । धादिङमा पक्राउ परेका ५ जना युथ फोर्सका कार्यकर्ता रहेको र बाँकी सबै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता भएको प्रहरीको दाबी छ । पाँचथरमा निर्वाचनमा अवरोध पुर्‍याउन सक्ने आशंकामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १४ जना कार्यकर्ता पक्राउ परेका छन् । उनीहरूलाई निर्वाचन अवधिभर हिरासतमा राखेर अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । प्रहरीको गतिविधिमाथि अवरोध पुर्‍याएकाले उनीहरू पक्राउ परेको प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए । उनका अनुसार पाँचथरको फाल्गुनन्द गाउँपालिका–२ पौवासार्तापका एलिया नेम्वाङ, वडा ३ का संग्राम राई, इच्छाबहादुर राई, विशाल राई, वडा नं. ५ चिलिङदिनका जितबहादुर चेम्जोङ, मौसम थाम्सुहाङ, फाक्फोकथुम गाउँपालिका–१ इलामका रूपनारायण अधिकारी, हिलिहाङ गाउँपालिका–२ अमरपुरका डिल्लीराम कटुवाल, वडा ५ का ...

सलमान खान ‘नेपाल आउने’

मंसिर २, २०७४-बलिउडका चर्चित नायक सलमान खान काठमाडौं आउने भएका छन् । ७ वर्षअघि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई काठमाडौंमा उतारेर हालसम्मकै सबैभन्दा ठूलो सांगीतिक कार्यक्रम गर्ने ओडीसी इन्टरटेनमेन्टले सलमानलाई ल्याउन लागेको हो । फागुन २६ गते शनिबार टँुडिखेलमा हुने ‘दबंग : द सलमान खान लाइभ इन नेपाल’ कन्सर्टमा उनी सहभागी हुने ओडीसीका प्रबन्ध निर्देशक तथा पर्यटन व्यवसायी सिमान्त गुरुङले जानकारी दिए । ओडीसी इभेन्ट आयोजना गर्ने नेपाली कम्पनी हो । यसले सलमानसहितका कलाकारलाई दिनुपर्ने पारिश्रमिक भुक्तानीका लागि बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग अनुमति माग्दै निवेदन दिएको छ ।‘राष्ट्र बैंकमार्फत भारतीय मुद्रा भुक्तानी गर्नुपर्ने भएकाले मन्त्रालयसँग अनुमति मागेको छ,’ पर्यटन सचिव महेश्वर न्यौपानेले शुक्रबार कान्तिपुरसँग भने । सिमान्तका अनुसार सलमानसहित प्रभु देवा, ज्याकलिन फर्नान्डेज, जरिन खान, डेजी शाह, मित ब्रदर्सलगायत आउने भएका छन् । सलमानका भाइ सोहेल कन्सर्ट हुने स्थान, बस्ने होटल, सुरक्षालगायतका विषयबारे बुझ्न केही सातापछि आउने उनले बताए । कन्सर्टमा २५ हजारजति दर्शकश्...

चुनावी सुरक्षामा प्रश्न

मंसिर २, २०७४-उम्मेदवार लक्षित विस्फोटका घटनाले शुक्रबार पनि निरन्तरता पायो । शुक्रबार मात्रै बिहान साढे १० र पौने १२ बजे दुई फरक–फरक स्थानमा बम विस्फोटका घटना भए । नुवाकोटमा कांग्रेसका नेता रामशरण महतको प्रचारमा खटिएका कार्यकर्ता चढेको गाडी माइन विस्फोटनमा पर्‍यो । ६ जना घाइते भए । रोल्पामा वाम गठबन्धनका उम्मेदवारहरू कृष्णबहादुर महरा र वर्षमान पुन चढेको गाडी लक्षित गरेर बम आक्रमण भयो । गृह मन्त्रालयका अनुसार उम्मेदवार लक्षित विस्फोटका घटनाको संख्या आठ पुगिसकेको छ । निर्वाचन बहिष्कार गर्दै आएको विप्लव समूहको नेकपाले एकपछि अर्को गर्दै विस्फोट गराइरहेको भए पनि सुरक्षा संयन्त्रले त्यसलाई रोक्न कुनै प्रभावकारी कदम चाल्न सकेको छैन । स्रोतका अनुसार गृहले २५ कात्तिकमै सुरक्षा संयन्त्रको बैठक डाकेर विप्लव समूहको नेकपाका केन्द्रीय नेताहरू र जिल्लास्तरीय नेतामाथि निगरानी बढाउने निष्कर्ष निकालेको थियो । त्यसयता विस्फोटका घटनामा झन् वृद्धि भएको छ । अघिल्लो साता पोखरामा भएको पश्चिमाञ्चलस्तरीय सुरक्षा गोष्ठीमा विप्लव समूहको नेकपाबाट चुनावी सुरक्षामा खासै खतरा नहुने आकलन गरी निगरानी मात्रै बढाउने निष...

काम पाइने लोभमा कोही पनि दक्षिण अफ्रिका नआऊ : दूतावास

मंसिर २, २०७४-मानव तस्करहरुले दक्षिण अफ्रिकामा समेत सहज काम र राम्रो पारिश्रमिकको लोभमा नेपाली ल्याउने गरेका छन् । अन्य अफ्रिकी मुलुकमा नेपाली महिलाहरुलाई लगेर डान्सबारमा जबर्जस्ती काममा होम्दै आएका दलालहरु यतिबेला दक्षिण अफ्रिकामा नेपाली ल्याउन लागिपरेका छन् । उनीहरूले राम्रो काम र पारिश्रमिकको लोभ देखाएर नेपालीलाई ल्याएर अलपत्र पार्ने गरेका छन । दक्षिण अफ्रिका स्थित नेपाली दूतावासले नेपालीहरुलाई दक्षिण अफ्रिका कुनै सभा सेमिनार र अध्ययन बाहेक अन्यमा नआउन आग्रह गर्दै आएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट अफ्रिका उडानमा आउनेलाई अध्यागमनले बुझेरमात्र पठाउने जस्ता कार्य भए पनि नेपालबाट दक्षिण अफ्रिका मानव तस्करी कम हुन सकेको छैन् । मासिक छ जना भन्दा बढि नेपाली ठगिएको उदाहरण दुतावासमा आइपुगेको हुन्छ । दूतावासमा आइनपुगेका पनि कैयन हुनसक्ने दूतावासले जनाएको छ । दिल्ली, मुम्बई र थाइल्याण्ड भएरआउने गरेको पनि उल्लेख छ । उनीहरु अन्य मुलुक भएर यता आइपुगेकोले पनि कसरी नियन्त्रण गर्ने भन्नेमा दुतावास आफै अन्यौलमा छ । दूतावास स्थापना पछि अधिकांश काम यही नियन्त्रणमा वितेको अनुभव दूतवाास अधिका...