Skip to main content

सलमान खान ‘नेपाल आउने’



मंसिर २, २०७४-बलिउडका चर्चित नायक सलमान खान काठमाडौं आउने भएका छन् । ७ वर्षअघि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई काठमाडौंमा उतारेर हालसम्मकै सबैभन्दा ठूलो सांगीतिक कार्यक्रम गर्ने ओडीसी इन्टरटेनमेन्टले सलमानलाई ल्याउन लागेको हो ।
फागुन २६ गते शनिबार टँुडिखेलमा हुने ‘दबंग : द सलमान खान लाइभ इन नेपाल’ कन्सर्टमा उनी सहभागी हुने ओडीसीका प्रबन्ध निर्देशक तथा पर्यटन व्यवसायी सिमान्त गुरुङले जानकारी दिए । ओडीसी इभेन्ट आयोजना गर्ने नेपाली कम्पनी हो । यसले सलमानसहितका कलाकारलाई दिनुपर्ने पारिश्रमिक भुक्तानीका लागि बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग अनुमति माग्दै निवेदन दिएको छ ।‘राष्ट्र बैंकमार्फत भारतीय मुद्रा भुक्तानी गर्नुपर्ने भएकाले मन्त्रालयसँग अनुमति मागेको छ,’ पर्यटन सचिव महेश्वर न्यौपानेले शुक्रबार कान्तिपुरसँग भने ।

सिमान्तका अनुसार सलमानसहित प्रभु देवा, ज्याकलिन फर्नान्डेज, जरिन खान, डेजी शाह, मित ब्रदर्सलगायत आउने भएका छन् । सलमानका भाइ सोहेल कन्सर्ट हुने स्थान, बस्ने होटल, सुरक्षालगायतका विषयबारे बुझ्न केही सातापछि आउने उनले बताए । कन्सर्टमा २५ हजारजति दर्शकश्रोता सहभागी हुने उनको अनुमान छ । कन्सर्टको लागत र कलाकारको पारिश्रमिकबारे चाहिँ दुई पक्षीय सम्झौताअनुसार खुलाउन नमिल्ने उनले बताए । यसले सलमानसहितका कलाकारलाई दिनुपर्ने पारिश्रमिक भुक्तानीका लागि बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग अनुमति माग्दै निवेदन दिएको छ ।‘राष्ट्र बैंकमार्फत भारतीय मुद्रा भुक्तानी गर्नुपर्ने भएकाले मन्त्रालयसँग अनुमति मागेको छ,’ पर्यटन सचिव महेश्वर न्यौपानेले शुक्रबार कान्तिपुरसँग भने ।सलमानका भाइ सोहेल कन्सर्ट हुने स्थान, बस्ने होटल, सुरक्षालगायतका विषयबारे बुझ्न केही सातापछि आउने उनले बताए । कन्सर्टमा २५ हजारजति दर्शकश्रोता सहभागी हुने उनको अनुमान छ ।

Comments

Popular posts from this blog

सुरक्षा व्यवस्था 'चुस्त' भएको सरकारको दाबी, हिजाे मात्रै विभिन्न स्थानबाट ३२ जना पक्राउ

मंसिर ८, २०७४-चुनाव नजिकिँदै गर्दा निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा प्रहरीले विभिन्न जिल्लाबाट ३२ जनालाई पक्राउ गरेको छ । पाँचथरमा १४, सल्यानमा ६, मकवानपुरमा ५, नुवाकोटबाट १ र धादिङमा ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । धादिङमा पक्राउ परेका ५ जना युथ फोर्सका कार्यकर्ता रहेको र बाँकी सबै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता भएको प्रहरीको दाबी छ । पाँचथरमा निर्वाचनमा अवरोध पुर्‍याउन सक्ने आशंकामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १४ जना कार्यकर्ता पक्राउ परेका छन् । उनीहरूलाई निर्वाचन अवधिभर हिरासतमा राखेर अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । प्रहरीको गतिविधिमाथि अवरोध पुर्‍याएकाले उनीहरू पक्राउ परेको प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए । उनका अनुसार पाँचथरको फाल्गुनन्द गाउँपालिका–२ पौवासार्तापका एलिया नेम्वाङ, वडा ३ का संग्राम राई, इच्छाबहादुर राई, विशाल राई, वडा नं. ५ चिलिङदिनका जितबहादुर चेम्जोङ, मौसम थाम्सुहाङ, फाक्फोकथुम गाउँपालिका–१ इलामका रूपनारायण अधिकारी, हिलिहाङ गाउँपालिका–२ अमरपुरका डिल्लीराम कटुवाल, वडा ५ का ...

काम पाइने लोभमा कोही पनि दक्षिण अफ्रिका नआऊ : दूतावास

मंसिर २, २०७४-मानव तस्करहरुले दक्षिण अफ्रिकामा समेत सहज काम र राम्रो पारिश्रमिकको लोभमा नेपाली ल्याउने गरेका छन् । अन्य अफ्रिकी मुलुकमा नेपाली महिलाहरुलाई लगेर डान्सबारमा जबर्जस्ती काममा होम्दै आएका दलालहरु यतिबेला दक्षिण अफ्रिकामा नेपाली ल्याउन लागिपरेका छन् । उनीहरूले राम्रो काम र पारिश्रमिकको लोभ देखाएर नेपालीलाई ल्याएर अलपत्र पार्ने गरेका छन । दक्षिण अफ्रिका स्थित नेपाली दूतावासले नेपालीहरुलाई दक्षिण अफ्रिका कुनै सभा सेमिनार र अध्ययन बाहेक अन्यमा नआउन आग्रह गर्दै आएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट अफ्रिका उडानमा आउनेलाई अध्यागमनले बुझेरमात्र पठाउने जस्ता कार्य भए पनि नेपालबाट दक्षिण अफ्रिका मानव तस्करी कम हुन सकेको छैन् । मासिक छ जना भन्दा बढि नेपाली ठगिएको उदाहरण दुतावासमा आइपुगेको हुन्छ । दूतावासमा आइनपुगेका पनि कैयन हुनसक्ने दूतावासले जनाएको छ । दिल्ली, मुम्बई र थाइल्याण्ड भएरआउने गरेको पनि उल्लेख छ । उनीहरु अन्य मुलुक भएर यता आइपुगेकोले पनि कसरी नियन्त्रण गर्ने भन्नेमा दुतावास आफै अन्यौलमा छ । दूतावास स्थापना पछि अधिकांश काम यही नियन्त्रणमा वितेको अनुभव दूतवाास अधिका...

काम पाइने लोभमा कोही पनि दक्षिण अफ्रिका नआऊ : दूतावास

मंसिर २, २०७४-मानव तस्करहरुले दक्षिण अफ्रिकामा समेत सहज काम र राम्रो पारिश्रमिकको लोभमा नेपाली ल्याउने गरेका छन् । अन्य अफ्रिकी मुलुकमा नेपाली महिलाहरुलाई लगेर डान्सबारमा जबर्जस्ती काममा होम्दै आएका दलालहरु यतिबेला दक्षिण अफ्रिकामा नेपाली ल्याउन लागिपरेका छन् । उनीहरूले राम्रो काम र पारिश्रमिकको लोभ देखाएर नेपालीलाई ल्याएर अलपत्र पार्ने गरेका छन । दक्षिण अफ्रिका स्थित नेपाली दूतावासले नेपालीहरुलाई दक्षिण अफ्रिका कुनै सभा सेमिनार र अध्ययन बाहेक अन्यमा नआउन आग्रह गर्दै आएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट अफ्रिका उडानमा आउनेलाई अध्यागमनले बुझेरमात्र पठाउने जस्ता कार्य भए पनि नेपालबाट दक्षिण अफ्रिका मानव तस्करी कम हुन सकेको छैन् । मासिक छ जना भन्दा बढि नेपाली ठगिएको उदाहरण दुतावासमा आइपुगेको हुन्छ । दूतावासमा आइनपुगेका पनि कैयन हुनसक्ने दूतावासले जनाएको छ । दिल्ली, मुम्बई र थाइल्याण्ड भएरआउने गरेको पनि उल्लेख छ । उनीहरु अन्य मुलुक भएर यता आइपुगेकोले पनि कसरी नियन्त्रण गर्ने भन्नेमा दुतावास आफै अन्यौलमा छ । दूतावास स्थापना पछि अधिकांश काम यही नियन्त्रणमा वितेको अनुभव दूतवाास अधि...